सपनाको घर

काठमाडाैं । क्राख पोभ कम्बोडियाको सिएम रीप शहरका बासिन्दा हुन् । उनले आफ्नै रहरमा हवाईजहाजजस्तै सपनाको घर बनाएका छन्। क्राख पोभले यो घर आफैले बनाएका हुन् अर्थात् आफ्नै हातले । यसमा दुई शयनकक्ष र दुई स्नानगृहहरू छन् ।
राजमिस्त्रीको काम गर्ने पोभको यो घर निर्माणमा करिब २० हजार डलर अर्थात २६ लाख रुपैयाँ खर्च भएको छ । पाउ भन्छन्,” मलाई यो घरमा बस्न साँच्चै रमाइलो लाग्छ किनभने यो एउटा वास्तविक हवाईजहाजजस्तै लाग्छ । जब म यो जहाज भित्र हुन्छु तब म साच्चिकै हवाईजहाजमा बसेको महसुस गर्छु ।”
पोभले यो घर किन बनाए भने उनी हवाइजहाजमा उड्न चाहन्थे । पोभ भन्छन्- उनले अझै पनि वास्तविक हवाइजहाजमा उडान गर्ने सपना छोडेका छैनन् र त्यो पनि एक दिन पूरा गर्ने प्रयास गर्नेछन् । मानिसहरू यो घर हेर्न आउँछन्, त्यसैले पावले घरको छेउमा एउटा कफी पसल खोल्ने सुरमा छन , जहाँ ती मानिसहरूले कफी र खाजा खान सकुन्।

प्रतिक्रिया