सोमबार, असार ९, २०८२

चुनावी बाचा पूरा गर्दै मन्त्री मोदी

नेपालखोज २०७९ फागुन ७ गते १३:५६

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले चुनावी वाचा पूरा गर्न थालेका छन् । २०७४ सालको चुनावको बेलामा मन्त्री मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा निर्माणधीन सिंघिया खोला पुलको काम सम्पन्न गर्ने विश्वास मतदातालाई दिलाएका थिए । यो पुल २०५८ सालमा शिलान्यास भए पनि निर्माण हुन सकेको थिएन ।

निर्माणधीन सो पुलको मन्त्री मोदीले निरीक्षण गरेका छन् । आइतबार बिहान निरीक्षणका लागि पुगेका मन्त्री मोदीले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए । ‘यो पुल यहाँको लागि अत्यन्त आवश्यक पुल हो, मैले दुइपटक चुनाव जितिसके तर यो पुल बनेको छैन, मैले चुनावमा यो पुल जसैगरी बनाउँछु भनेर जनताको बीचमा कसम खाएको छु, अब ढिलाइ नहोस्, यो पुलको निर्माणकार्य अविलम्ब सम्पन्न होस’ मन्त्री मोदीले भने । वि.स. २०५८ सालमा शिलान्यास भएको यो पुल बन्न सकेको थिएन ।

शिलान्यास भए पनि अलपत्र रहेको पुल निर्माणका लागि मन्त्री मोदीले पहलकदमी लिएर निर्माण कार्य आरम्भ गरेका थिए । पुल निर्माणको काम अब यही चालु आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । मन्त्री मोदीको तदारुकताबाट पुल बन्ने भएपछि स्थानीय खुसी बनेका छन् । स्थानीय चनदन चौधरीले भने, ‘माननीय र नेता धेरै देख्यौँ, तर मन्त्री मोदीजस्तो बोलीमा पक्का नेता अरु कोही रहेनछ, उहाँले चुनावमा बोलेको कुरा पूरा गर्नुभएको छ ।’

सुर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाई झण्डै ६० मिटरको रहेको छ । १२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माणकार्य चालू आर्थिक वर्षमै सप्पन्न गर्ने निर्माण कम्पनीका दिपेन्द्र कार्कीले मन्त्री मोदीलाई आश्वासन दिए ।

प्रतिक्रिया