बिहीबार, जेठ २, २०८२

फागुन २४ गते बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउने

नेपालखोज २०७९ फागुन ७ गते १६:०८

काठमाडौं । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियन नेपाल आउने भएकी छिन् । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आइपुग्ने भएकी हुन् ।

ट्रेभेलियनले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेकी हुन् । उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्ने कार्यक्रम तय भउकाे छ । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ ।

प्रतिक्रिया