बुधबार, जेठ १, २०८२

बालाजुमा आगजनी र मोवाइल लुटपाट घटनामा पक्राउ पर्नेको संख्या ४६ पुग्यो

नेपालखोज २०७९ फागुन ७ गते १८:४५

काठमाडौं । यातायात मजदुरको आन्दोलनको क्रममा गत फागुन १ गते बालाजुमा भएको प्रहरी गाडीमा आगजनी र ल्होत्से मलमा मोवाइल लुटपाट घटनामा पक्राउ पर्नेको संख्या ४६ पुगेको छ । पक्राउ पर्नेमा किराना पसलेदेखि बसका चालक, सहकाचालसम्म रहेको छन् ।

घटना भएकै दिन ५ जनलाई पक्राउ गरिएको थियो । भोलिपल्ट ५ जना पक्राउ परेका थियो । लुटपाटबाट १० करोड रुपैयाँको क्षति पुगेको भन्दै नेपाल मोवाइल व्यवसायी सँघले सरकारसँग क्षतिपूर्तिको माग गर्दै आएको छ ।

दर्जनौं मानिस लुटपाट र आगजनीमा सहभागी भएको सीसी टीभी फुटेजहरुमा देखिएको छ । बाँकीको पहिचान र खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको छानबिन गर्न डीआईजी मसाउद आलम खाँ नेतृत्वमा ७ दिनको समय दिएर ५ सदस्यीय छानबिन समिति बनाइएको छ । समितिले काम सकिसकेको र यही मंगलबारसम्म प्रतिवेदन पेश गर्ने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया