लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी, भण्डारीलाल अहिर मन्त्रीमा नियुक्त
नेपालखोज
२०७९ फागुन ८ गते ८:०१

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहभागी भएको छ । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको हो ।
यस अघि कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्री अहिरले आज सोमबार पद तथा गोपनीयताको शपथ लिनेछन्
लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको जसपाले माघ २८ गते मन्त्री मण्डल विस्तार हुँदा मन्त्रालय भागबन्डामा चित्त नबुझाएपछि सरकारमा सहभागी भएको थिएन ।
सम्बन्धित
प्रतिक्रिया