सुदूरपश्चिमका मुख्यमन्त्री शाहको दाबी : मैले विश्वासको मत पाउने छु

नेपालखोज २०७९ फागुन ८ गते १०:३०

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले आफूले विश्वासको मत पाउने बताएका छन् । उनले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरुसँगको भेटघाट गर्दै विश्वासको मतका लागि सबै दलहरूसँग छलफल भइरहेको र आफूले पाउने बताएका हुन् ।

पुस २७ मा मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए ।

उनले ३० दिन भित्र विश्वासको मत नपाएपछि पुस २६ गते संविधानको धारा १६८ उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले अहिले सम्म विश्वासको मत लिएका छैनन् । तर, उनले केही दिन भित्र विश्वासको मत पाउने दाबी गरेका हुन् ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन् । उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया