अमेरिकी राष्ट्रपति अचानक युक्रेन पुगे

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेनको राजधानी कीभ पुगेका छन् । रुसले एक वर्षअघि युक्रेनमा आक्रमण गरेपछिको यो उनको पहिलो युक्रेन भ्रमण हो । यसअघि बाइडेन पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्न राजधानि बार्सामा थिए तर त्यहाँबाट उनी अचानक युक्रेनको राजधानि कीभ पुगे ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले केही समय अघि आफ्नो आधिकारिक इन्स्टाग्राम खाताबाट अमेरिकी राष्ट्रपतिसँग हात मिलाईरहेको तस्बिर पोस्ट गरेका थिए । ‘जो बाइडेन, कीभमा स्वागत छ । तपाईको भ्रमण हामि युक्रेनीहरूका लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण संकेत हो,’ जेलेन्स्कीले लेखेका छन ।
पोल्याण्डबाट अचानक युक्रेनको राजधानी किभ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकाको समर्थन जारी राख्ने बताएका छन् । ‘मेरो किभ भ्रमणले युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति हाम्रो अटल प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ ।’ अमेरिकी राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा भनिएको छ – करिब एक वर्षअघि पुटिनले युक्रेन कमजोर र युरोप विभाजित भएको सोचेर आक्रमण गरेका थिए। उनीहरूले हामीलाई थकाउने कल्पना गरेका थिए तर उनिहरु बिल्कुल गलत थिए ।
प्रतिक्रिया