शुक्रबार, वैशाख १२, २०८२

शक्तिशाली सूर्य मन्त्र

नेपालखोज २०७९ फागुन ९ गते ७:४६

ॐ हृां मित्राय नम स् राम्रो स्वास्थ्य तथा आफ्नो कार्य क्षमता बढोस् भन्ने चाहना राख्ने हो भने सूर्य लाई अर्घ दिँदा ॐ हृां मित्राय नम स् नियमित जप गर्नुपर्छ ।

ॐ हृीं रवये नम स् क्षयरोगबाट पीडित तथा आफ्नो शरीरको रक्तसञ्चार सुधार गर्न चाहनेहरुले सूर्यको अगाडि उभिएर ॐ हृीं रवये नम स् मन्त्रको जप गर्नुपर्छ । यस बाट कफ सम्बन्धी रोग बाट पनि मुक्ति मिल्छ ।

ॐ हूं सूर्याय नम स् मानसिक शान्तिका लागि सूर्य भगवानको यो मन्त्रको जप गर्नुपर्छ । यसले बौद्धिकता पनि बढाउँछ ।

ॐ ह्रौं खगया नम स् मलाशय सम्बन्धी समस्याका लागि ॐ हृों खगाय नमस् मन्त्र जप गर्नुपर्छ । यो मन्त्रको जपले बुद्धिको विकास हुन्छ भने शारीरिक शक्ति पनि बृद्धि हुन्छ ।

ॐ हृस् पूषणे नम स् यदि तपाई आफ्नो शक्ति र धैर्य बढाउन चाहनुहुन्छ भने यो मन्त्रको जप गर्नुहोस् । यसबाट मन धार्मिक कर्ममा लागिरहन्छ ।

ॐ ह्रां हिरण्यगर्भाय नम स् यो मन्त्रको विशेष लाभ विद्यार्थीहरूले लिन सक्छन् । यसको जपले शारीरिक, बौद्धिक र मानसिक शक्तिको विकास गर्छ ।

ॐ मरीचये नम स् यो मन्त्रको जपले स्वस्थ शरीर प्राप्त हुन्छ भने कुनै रोग लाग्न पाउँदैन ।

ॐ आदित्याय नम स् यो मन्त्रको जपले बुद्धि तेजिलो हुन्छ एवं आर्थिक समस्या समाधान हुँदै जान्छ ।

ॐ सवित्रे नम स् यो मन्त्रको जपले मान-सम्मान बृद्धि हुन्छ । यसका साथै सूर्यदेवको विशेष कृपा कायम रहन्छ । यसबाहेक मानिसको कल्पनाशक्ति पनि बढछ ।

ॐ अर्काय नम स् वेदको रहस्य जान्न यो मन्त्रको जप फाइदाजनक साबित हुन्छ । यसबाहेक यो मन्त्रको जपले मनलाई बलियो बनाउँछ भने जीवनका सबै समस्याहरू हट्छन् ।

ॐ भास्कराय नमस् यो मन्त्रको जपले भित्री तथा बाहिरी शरीर सफा अनि मन पनि प्रफुल्लित रहन्छ ।

सूर्यदेवको कृपा प्राप्त गर्न प्रत्येक दिन नित्य अर्घ दिनुहोस् । यदि हरेक दिन सम्भव छैन भने प्रत्येक आइतबार अर्घ्य दिनुहोस् र यी मन्त्रहरू मध्ये एउटा मन्त्र जप गर्नुहोस् । यसले जिवनमा सुख, समृद्धि तथा सुस्वास्थ्य ल्याउनेछ ।


माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया