सौर्य एयरलाइन्सको जहाज इण्डिकेटरमा समस्या : उड्नै लागेको जहाज फिर्ता

नेपालखोज २०७९ फागुन ९ गते १२:०७

काठमाडौं । सौर्य एयरलाइन्सको एसएयू ७२१ उडान नम्बरको जहाजको इण्डिकेटरले समस्या देखिएको छ ।

त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको जहाजमा समस्या आएपछि पार्किङ क्षेत्रमै फिर्ता भएको हो ।

जहाजको इण्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । समस्या के आएको हो भन्ने खुलिनसकेको उनले बताए । परीक्षणको काम भइहरेको बताए ।

प्रतिक्रिया