सांसद भण्डारी स्वास्थ्यमा क्रमिक सुधार, पहिलो पटक दोहोरो संबाद
नेपालखोज
२०७९ फागुन ९ गते १२:३१

काठमाण्डौं । गत विहिबार काठमाण्डौं स्थित निवासमा ग्याँस दुर्घटनामा गम्भिर घाइते भएका प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।
मुम्बइबाट माधव न्यौपानेले दिएको जानकारी अनुसार ग्याँस दुर्घटनापछि पहिलो पटक दोहोरो संबाद भएको छ । भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको छ । भारतमा उपचाररत भण्डारीको कल्चर रिपोर्ट आज आउदै छ ।
अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । न्यौपानेले भने, ‘सुन्निएको अनुहार घटेको छ ।’
सम्बन्धित

प्रतिक्रिया