रेलको ठक्करबाट २ जनाको मृत्यु, ३ घाइते
नेपालखोज
२०७९ फागुन ९ गते १३:४२

क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस वारुणयन्त्र कार्यालयले जनाएको छ । घाइते भएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ ।
दुर्घटनापछि रेलमा यात्रारत एक सय २५ सकुशल रेलबाट ओर्लिएर आफ्नो गन्तव्यतर्फ गएका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया