धनकी देवी लक्ष्मी माता कसरी राख्ने खुसी ?

धर्म धनस्थानमा ध्यान पैसासँग सम्बन्धित यी साना गल्तीहरूले मानिसलाई बर्बाद गर्न सक्छ । हिन्दू धर्म अनुसार लक्ष्मीको कृपा प्राप्त व्यक्तिको जीवनमा कहिल्यै धनको कमी हुँदैन, त्यसैले सबैले लक्ष्मीलाई प्रसन्न राख्ने प्रयास गर्छन् । यद्यपि केही यस्ता काम पनि हुन्छन् जसले देवी लक्ष्मीलाई क्रोधित तुल्याउँछ । यी मध्ये केही काम पैसासँग सम्बन्धित छन् ।
पैसा गन्दा यस्तो गल्ती नगर्नुहोस् : कतिपयमा पैसा गन्दा बारम्बार थुक लगाउने बानी हुन्छ । धनकी देवी लक्ष्मीको अपमान हुने भएकाले यो बानी बिल्कुलै गलत हो । यो गलत बानीका कारण भविष्यमा आर्थिक संकटको सामना गर्नुपर्ने हुनसक्छ । वैज्ञानिक दृष्टिकोणले पनि यो बानी ठीक होइन किनभने यसबाट रोग लाग्ने खतरा हुन्छ ।
पैसालाई व्यवस्थित राख्नुहोस् : कतिपयमा जहाँ पायो त्यहीँ पैसा राख्ने बानी हुन्छ । उनिहरु जथाभावी पैसा राख्छन् । जस्तै पर्समा राख्दा डल्लो पारेर , खुजमुजाएर राख्छन् भने त्यही पैसा आफ्नो पर्समा सुरक्षित राख्छन् । यसो गर्नु पनि गलत हो । पैसा लाई जहाँ भए पनि व्यवस्थित रूपमा राख्नुपर्छ अन्यथा लक्ष्मी माताको क्रोधका कारण भविष्यमा समस्याको सामना गर्नु पर्नेहुनसक्छ ।
पैसाको सट्टा बेकारको चीजहरू नराख्नुहोस् : धनस्थान भनेको महत्त्वपूर्ण स्थान हो । कतिपय मानिसहरूले यस्तो स्थानमा ती चीजहरू पनि राख्छन् जुन पवित्र मानिदैनन् । यस्तो अवस्थामा स्थानको पवित्रता भंग हुन्छ जसका कारण देवी लक्ष्मी क्रोधित हुन सक्छिन् । त्यसैले पैसा राख्ने ठाउँको शुद्धतामा विशेष ध्यान दिनुपर्छ ।
पर्समा पैसा राख्दा यी कुरामा ध्यान दिनुहोस् : पर्स अहिले स्टेटस सिम्बल समेत बनेको छ । कोही मानिसहरु पर्समा पैसा बाहेक अरु धेरै कुराहरु राख्छन् जसको कुनै उपयोग हुँदैन । यस्ता कतिपय कुराले पर्सको शालीनतामा बाधा पुर्याउँछ । यस्तो पर्समा पैसा राखे लक्ष्मी मातालाई रिस उठ्न सक्छ । त्यसैले पर्समा कुनै पनि गलत कुरा नराख्नुहोस्।
माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।
प्रतिक्रिया