लाभदायक मेथि !

स्वास्थ दुधमा मेथि मिसाएर पिउँदा स्वास्थ्यसम्बन्धी धेरै समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ । यो मिश्रणमा पाइने पोषक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
कोलेस्ट्रोल नियन्त्रण गर्छ : मेथी र दूधको मिश्रणमा भिटामिन सी र फाइबर प्रचुर मात्रामा पाइन्छ जसले खराब कोलेस्ट्रोलको स्तर घटाउँछ र राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ । यो मिश्रणको सेवनले उच्च रक्तचाप तथा हृदयाघातको समस्या कम हुन्छ ।
पाचनमा सुधार : मेथीको धूलो र दूध मिसाएर सेवन गर्नाले पाचनसम्बन्धी अनेकन समस्या समाधान हुन्छन् । यो मिश्रणमा पाइने फाइबर र म्याग्नेसियम जस्ता पोषक तत्वले ग्यास, कब्जियत , अपच आदिको समस्या समाधान गर्न मद्दत गर्छ ।
जाडोमा फाइदाजनक : जाडो मौसममा रुघाखोकी , टाउको दुख्ने जस्ता समस्याबाट मुक्ति पाउन मेथीको धूलो र दूध मिसाएर खानु राम्रो विकल्प हुनसक्छ । यो मिश्रणले घाँटी दुख्ने , कफ आदिको समस्यामा पनि राहत दिन्छ । छाला र कपालको लागि लाभदायक : मेथी र दूधको मिश्रणको सेवनले कपाल झर्ने समस्या कम हुन्छ भने यो मिश्रणलाई कपासको मदतले छालामा लगाउनाले दाग आदिबाट छुटकारा पाउन सकिन्छ ।
हड्डीसँग सम्बन्धित समस्यामा : दूध र मेथीको मिश्रणमा क्याल्सियम र फस्फोरस राम्रो मात्रामा हुन्छ जसले हड्डीसँग सम्बन्धित समस्याहरू हटाउन मद्दत गर्छ ।
शरीरलाई डिटक्सिफाई गर्छ : मेथीको धूलो दुधमा घोलेर पिउनाले शरीरमा जम्मा भएको फोहोर पदार्थलाई बाहिर निकाल्न मद्दत मिल्छ जसले शरीरलाई डिटोक्सिफाई गर्छ र स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको जोखिम कम गर्छ । त्यसैले मेथीको धुलो दूधमा घोलेर पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
साबधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री समान्य जानकारि तथा परम्परागत मान्यतामा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक हुनसक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया