७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड
नेपालखोज
२०७९ फागुन १० गते १३:१९

काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ ।
विभागका अनुसार सो अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा १८.७१ प्रतिशतले कमी हो । गत वर्ष सो अवधिमा यस्तो व्यापार घाटा १० खर्ब १५ अर्ब पुगेको थियो ।
सात महिनामा कुल ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु आयात भएको छ । आयात गत वर्षको यसै अवधिको तुलनामा १९.९० प्रतिशतले कम हो ।
निर्यात भने २९ प्रतिशतले घटेको छ । साउनदेखि माघसम्म कुल ९३ अर्ब ४३ करोड रुपैयाँको वस्तु मात्रै निर्यात भएको छ । गत वर्ष यस अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोडको निर्यात भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया