डीआईजी अशोक सिंहले बुझाए राजीनामा

नेपालखोज २०७९ फागुन १० गते १५:०९

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । सिंह पछिल्लो समय सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए ।

जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिएका हुन् । उनीमाथि जन्म मितिबारे परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन गरिरहेको छ । सिंह ११ चैत २०७९ पछि नियुक्ति हुने नयाँ प्रहरी प्रमुखको दाबेदार थिए

सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार उनको जन्ममिति २२ जेठ २०२४ उल्लेख छ ।

प्रतिक्रिया