मंगलबार, असार ३, २०८२

३३ अंकले नेप्से बढ्दा एक अर्ब ८० करोडको सेयर किनबेच

नेपालखोज २०७९ फागुन १० गते १५:२२

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से ३३ दशमलव ५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८० अंकले बढेर तीन सय ९६ दशमलव ३३ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरुको ३९ हजार नौं सय ९६ पटकको कारोबारमा ४७ लाख ७९ हजार सात सय ९६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ८० करोड ३२ लाख ८२ हजार एक सय ८० रुपैंयाँको कारोबार भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा तीन वटा समुहहरुको सुचक घटेर बाँकी समूहरुको सूचक बढेका छन् । सो मध्ये लघुवित्त समुहको सूचक ६१ दशमलव ५० अंकले घटेर चार हजार तीन सय १७ दशमलव ८० अंकमा झरेको छ । सामुहिक लगानी कोष र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् । वाणिज्य बैंक समुहको सुचक भने १६ दशमलव ८३ अंकले बढेर १३ सय ५८ दशमलव ७३ अंकमा चढेको छ । बिकास बैंक समुहको सुचक पनि ८० दशमलव ५४ अंकले बढेर तीन हजार छ सय ९० दशमलव २२ अंकमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि ९६ दशमलव ९२ अंकले बढेर २६ सय १४ दशमलव ५३ अंकमा चढेको छ । जीवन बिमा समुहको सुचक पनि एक सय ९६ दशमलव ३६ अंकले बढेर १० हजार चार सय २३ दशमलव १४ अंकमा चढेको छ । यसैगरी निर्जिवन बिमा समुहको सूचक पनि एक सय ९६ दशमलव ३६ अंकले बढेर १० हजार चार सय २३ दशमलव १४ अंकमा चढेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज लिर्वर्टी इर्नर्जी कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ८० प्रतिशतले बढेर दुई सय ८८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर १९ सय १७ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता २४ सय छ रुपैयाँ अन्तिम मुल्यमा १३ करोड २७ लाख ७५ हजार आठ सय ६६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया