आइतबार, पुष ६, २०८२

महिन्द्रा केयर फेस्ट २०२३ आयोजना हुँदै

नेपालखोज २०७९ फागुन १० गते १५:५३

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा. लि. ले यही फागुन १४ गतेदेखि फागुन १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ । यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १० प्रतिशत छुट र स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ लिन सकिनेछ ।

महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नुहुनेछ । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।

साथै ग्रुपको ;हायक कम्पनी अग्नि आस्था प्रा ली ले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ्र साथै महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएका छ यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा, उपलब्ध रहेको छ । साथै, ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्र्पक गर्न सक्नेछन् ।

प्रतिक्रिया