शुक्रबार, जेठ ४, २०८१

नयाँ वर्षमा आइएमई पेमार्फत गोल्डस्टार शुजको खरिदमा १५ प्रतिशत छुट

नेपालखोज २०७९ चैत २७ गते १९:१०

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लमिटिेड’को ‘आइएमई पे’ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

२०७९ चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिन का लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारीक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

नेपालको एक प्रमुख विद्यु;तीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन –गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रर्वद्घनात्मक गर्न सो सम्झौता गरेका हुन् ।

प्रतिक्रिया