सांसद भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, खाना मुखबाट खुवाउन थालियो
नेपालखोज
२०७९ फागुन १० गते १९:१२

काठमाण्डौं । भारतमा उपचाररत ग्याँस दुर्घटनाका गम्भिर घाइते प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
स्वास्थ्य उपचारको पछिल्लो अपडेट अनुसार सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका छन् भने खाना मुखवाट खुवाउन सुरु भएको छ । भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युन रुपमा अक्सिजन दिएको छ ।
हल्का इन्फेक्सनको उपचार भईरहेको छ तर ज्वरो आएको छैन । उच्च इन्फेक्सन नहोस भनेर भेटघाट गर्न अस्पतालले रोक लगाएको मुम्वईबाट माधव न्यौपानेले जानकारी दिए ।
उनको अन्य स्वास्थ्य पारामिटर नर्मल देखिएको छ । सुन्निएको अनुहार घटेको छ ।
सम्बन्धित

प्रतिक्रिया