शनिबार, असार १४, २०८२

सरकारले हात्तीपाइले प्रभावित १५ जिल्लामा आजदेखि औषधि खुवाउँदै 

नेपालखोज २०७९ फागुन ११ गते ६:२२
हात्तीपाइलेका विरामीको प्रतीकात्मक तस्बिर

काठमाडौं । सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जनाएको छ । 

प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्नेछन् ।

प्रतिक्रिया