शुक्रबार, जेठ ४, २०८१

चर्चा मोबाइल वर्ल्ड कंग्रेसको

नेपालखोज २०७९ फागुन ११ गते १०:३८

काठमाडाैं । स्पेनको बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस ( MWC )- २०२३ फेब्रुअरी २७ देखि सुरु हुँदैछ । यो अबसरमा धेरै नयाँ उत्पादनहरू लन्च गरिनेछ । मोबाइल वर्ल्ड कंग्रेसमा लन्च हुने केही प्रमुख फोन Realme GT 3, Xiaomi 13 Pro, Tecno Phantom V तथा OnePlus 11 कन्सेप्ट हुन् । ब्रान्डहरूले मोबाइल वर्ल्ड कांग्रेसमा लन्च हुने आफ्ना रोमाञ्चक उत्पादनहरू चिनाउन पनि थालिसकेका छन् । यसमा Xiaomi, OnePlus र Realme आदि जस्ता केही मुख्य ब्रान्डहरूका फोनहरू वा फोन अवधारणाहरू समावेश छन् ।

मोबाइल वर्ल्ड कांग्रेसमा लन्च हुने केहि स्मार्टफोनहरू

Realme GT 3

Realme GT 3 1.5K 144Hz रिफ्रेस रेट डिस्प्ले, Snapdragon 8+ Gen 1 प्रोसेसर, 16GB सम्मको र्याम तथा 512GB सम्मको भण्डारण, एन्ड्रोइड 13 मा आधारित Realme UI 4.0, 240W+ चार्जिङ सपोर्ट सहितको 4,500mAh ब्याट्री, 8+2MP यो ट्रिपल रियर क्यामेरा सेटअप एवं 16MP सेल्फी स्न्यापरको साथ आउने अपेक्षा गरिएको छ।

Xiaomi 13 Pro

Xiaomi 13 Pro पहिले नै चिनियाँ बजारमा लन्च भैसकेको छ र अहिले यही फोनलाई विश्वव्यापी बजारमा पनि ल्याइने बताईदैछ । १३ प्रोका विशेषताहरूमा ६.७३ इन्चको २K OLED प्यानल, एन्ड्रोइड १३ मा आधारित MIUI १४, स्न्यापड्रागन ८ जेन २ चिपसेट, ५०.३+५०MP+५०MP ट्रिपल रियर क्यामेरा सेटअप तथा १२०W चार्जिङ सपोर्ट आदि हुन ।

Tecno Phantom V

Tecno Phantom V लाई संसारको पहिलो बायाँ-दायाँ फोल्डेबल फोन बताईएको छ । यो फोनमा MediaTek Dimensity 9000+ SoC, ट्रिपल रियर क्यामेरा प्रणाली , एयरोस्पेस-ग्रेड रहने अनुमान छ । यो फोल्डिङ फोन रिभर्स स्न्याप संरचनाको साथ आउन सक्छ । यो फोन MWC- 2023 का लागि नौलो र आकर्षण हुनेछ ।

OnePlus 11 कन्सेप्ट

MWC बार्सिलोनामा OnePlus को एउटा नयाँ कन्सेप्ट फोन पनि हेर्न पाईनेछ जसलाई OnePlus 11 कन्सेप्ट भनिएको छ । यसको ‘फ्लोइंग ब्याक’ डिजाइन बरफको नीलो प्रकाशको घुमाउरो धारा जस्तो देखिन्छ। यसलाई पारदर्शी युनिबडी चेसिसले ढाकिएको छ । यो नथिङको ग्लाइफ इन्टरफेस जस्तै देखिन्छ । यो फोनले सूचनाहरू जस्तै सफ्टवेयर संकेतहरू मिलाउन प्रकाश प्रभाव प्रदान गर्नेछ।

प्रतिक्रिया