मंगलबार, असार २४, २०८२

केपी ओली राष्ट्रिय च्याम्पियन कप आजबाट

नेपालखोज २०७९ फागुन ११ गते ११:००

काठमाडौं । केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिप कप आजदेखि शुरु हुँदैछ । आजको पहिलो पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने आयोजकले जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ७२ औं जन्मदिवसको अवसर पारेर फुटबल च्याम्पियन सुरु गरिएको हो । यसअघि सो च्याम्पियनका लागि ट्रफि सार्वजनिक गरिएको थियो भने नेता भर्सेज कलाकार बिच मैत्रीपुर्ण प्रतिस्पर्धा पनि गरिएको थियो ।

प्रतिक्रिया