जापानबाट चीन फर्काईयो पाण्डा

जापानमा जन्मिएकी ६ वर्षीय पाण्डालाई आफ्ना बाबुआमाको देश चीन फिर्ता पठाइएको छ । टोकियोको चिडियाखानामा वर्षौंदेखि उनलाई देख्दै आएका मानिसहरूले उनलाई मायालु विदाई गरे ।
शियान शियान नाम गरेकि ती पाण्डाको जन्म करिब छ वर्षअघि टोकियोको युएनो चिडियाखानामा भएको थियो । उनलाई चिन सँगको सम्झौता अनुसार चीन पठाइएको हो । चीनले संसारभरका चिडियाखानाहरूलाई पाण्डा दिन्छ तर तिनीहरूका शावकहरूको स्वामित्व कायम राख्छ ।
शियान शियान युएनो चिडियाखानामा प्राकृतिक रूपमा जन्मिएकि पहिलो पान्डा हुन । यसअघि सन् २०१२ मा यहाँ अर्को पाण्डाको जन्म भएको थियो । शियान शियानका आमाबाबु अहिले यहि चिडियाखानामा छन् । २०२१ मा जन्मिएका उनका दुई साना जुम्ल्याहा भाइबहिनीहरू पनि यहीँ छन् ।
सियान सियानलाई सन् २०२० को डिसेम्बरमा नै चीन फर्काइनु पर्ने थियो तर कोरोना भाइरसको महामारीका कारण त्यो सम्भव हुन सकेन । १९ फेब्रुअरी, २०२३ मा उनलाई अन्तिम पटक युएनो चिडियाखानामा सार्वजनिक गरिएको थियो । त्यति बेला २ हजार ६ सय जनालाई हेर्न अनुमति दिइए पनि उनलाई हेर्न लगभग ६० हजार जनाले आवेदन भरेका थिए ।
चिडियाखानामा अन्तिम दिन शियान सियानले बाँस खाएको देखेर केही महिलाको आँसु आयो । फेब्रुअरी २१, २०२३ मा जब उनी जाँदै थिए, चिडियाखानाका कर्मचारीहरू उनको बाटोको छेउमा लाइन बनाएर उभिएका थिए । उसलाई फोर्कलिफ्टले उठाएर ट्रकमा राखियो । एयरपोर्टमा सियान सियानको विदाई राज्यको टिभी च्यानल एनएचकेमा प्रत्यक्ष देखाइएको थियो ।
त्यहाँ पनि उनका फ्यानहरुको भीड जम्मा भएको थियो । मानिसहरूले उनको तस्बिर खिचे र हात हल्लाएर ठूलो स्वरमा चिच्याउँदै बिदाइ गरे । चिडियाखानाको ट्विटर खातामा एक प्रशंसकले लेखे,’धन्यवाद, जियान जियान। तपाईंको अनुग्रह र आकर्षणले हाम्रो शहरमा जीवन ल्याएको थियो ।’ रोयटर्स तस्बिर : सिन्ह्वा / यु चेन्जिङ
प्रतिक्रिया