आइतबार, पुष ६, २०८२

सगरमाथा इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा सम्पन्न

नेपालखोज २०७९ फागुन ११ गते १९:४९

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा बिहीबार सम्पन्न भएको बार्षिक साधारण सभाले लाभाशं वितरण सम्वन्धी प्रस्ताव पारित गरेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १२ दशमलव ४० प्रतिशतको दरमा बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशतको अनुपातमा नगद लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७७–०७८ को तुलनामा आव २०७८–०७९ १८ दशमलव ७६ प्रतिशतले व्यवसाय बृद्धि गर्दे तीन अर्ब १० करोड रुपैंयाँ बराबरको बीमा शुल्क आर्जन गरी एनएफआरएस अनुसार ३७ करोड आठ लाख ८० हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बार्षिक साधारण सभा मार्फत अध्यक्ष मानन्धरले कम्पनीले कुल दाबी भुक्तानी तर्फ यस आर्थिक बर्ष गत आर्थिक बर्षको तुलनामा ३९ दशमलव ३४ प्रतिशतले बृद्धि गरी एक अर्ब ८५ करोड ६० लाख ६७ हजार रुपैंयाँ पुर्याउन सफल भएको जानकारी दिए । यसैगरी कम्पनीले २० प्रतिशत संस्थापक शेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साथै मर्जर सम्झौंता बमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल कायम रहेको एक सय कित्ता बराबर एक सय कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको एक सय कित्ता बराबर ८० कित्ता सेयर अर्थात १००ः८० कायम हुने गरी निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात कायम हुने गरी मर्जर प्रस्ताव पारित गरेको जानकारी पनि साधारण सभामा दिईएको छ । मर्जर पछि बन्ने सगरमाथा लुम्बिनी इन्योरेन्स कम्पनी लिमिटेड (सलिको) एक उत्कृष्ट निर्जिवन बीमा कम्पनीकोरुपमा स्थापित गराउने उद्घोष पनि कम्पनीका अध्यक्ष मानन्धरले गरेका छन् ।

प्रतिक्रिया