राष्ट्रिय सेवा दल दिक्षान्त कवाज समारोह सम्पन्न

काठमाण्डौं । राष्ट्रिय सेवा दलद्वारा संचालित सि.सं.१७ सिनियर डिभिजन National Cadet Corps (NCC) तालिमको दीक्षान्त कवाज बिहीवार सम्पन्न भएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको समारोहमा तालिम पूरा गरेका ५७६ जना क्याडेट छात्रछात्राहरु दीक्षित भएका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमले अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्कीले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समारोहमा रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।
समारोहमा सिनियर डिभिजन तालिम सम्पन्न गरेका २७० छात्र र ३०६ छात्राहरु दिक्षित भएका थिए । त्यस अवसरमा मित्रराष्ट्रहरुका सैनिक सहचारीहरुका साथै Youth Exchange Programme मा सहभागी हुन आएका विभिन्न मुलुकका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया