नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन ११ गते २१:५८

राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक ।

माओवादी, समाजवादी र जसपाको बैठक विना निष्कर्ष सकियो ।

भोलि देउवा र ओलीसँग प्रचण्डले छुट्टाछुट्टै छलफल गर्ने ।

राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावलीमा अरुण कुमार चौधरीको नाम समावेश गराउन माग ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान ।

सेल्फी खिचेर अक्षय कुमारले राखे विश्व कीर्तिमानी ।

५७ अंकले घट्यो नेप्से, दुई अर्ब ५२ करोडको कारोबार ।

उच्च अदालतको आदेशका कारण सन्दीप लामिछानेको युएई यात्रा रोकियो ।

विश्वकप लिग विजेता खेलाडीलाई प्रतिव्यक्ति २ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा ।

विश्वकप क्रिकेट लिगमा नामिबिया यूएईसँग एक विकेटले हार्‍यो ।

प्रतिक्रिया