राष्ट्रपति निर्वाचन : अन्तिम नामावली प्रकाशन आज
नेपालखोज
२०७९ फागुन १२ गते ६:११

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन हुनेछ । मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध, उजुरी र छानविन पछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन कार्यतालिका अनुसार १३ गते उम्मेद्वारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन् ।
सम्बन्धित
प्रतिक्रिया