आइतबार, असार ८, २०८२

राष्ट्रपति निर्वाचन : देउवा र ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै प्रचण्ड

नेपालखोज २०७९ फागुन १२ गते ६:३३

काठमाडाैं । राष्ट्रपतिको निर्वाचनकाे विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् ।

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको बताउँदै प्रधानमन्त्री दाहालले आज दुई पार्टीका अध्यक्ष र सभापतिलाई भेट्न लागेका हुन् । प्रचण्डले आज बिहान देउवा र दिउँसाे अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया