आइतबार, असार ८, २०८२

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नेपालखोज २०७९ फागुन १२ गते ६:५६

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक दिउँसाे १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । 

आजकाे बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधनका लागि दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया