दुबईमा हुने आईसीसी विश्वकपमा सहभागी हुन पाउनुपर्ने लामिछानेको निवेदनमा पेसी आज
नेपालखोज
२०७९ फागुन १२ गते ७:४६

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दुबईमा हुने आईसीसी विश्वकप लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दयार गरेको निवेदनमा आजका लागि पेसी तोकिएको छ । दुवै तर्फका निवेदनमा आजलाई पेसी तोकिएको छ ।
नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।
उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौं बाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने सर्त राखेको थियो । उच्चको विदेश जान नपाउने सर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायरे गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया