बुधबार, जेठ १, २०८२

रुस-युक्रेन युद्धको एक वर्ष : विश्वका कुन देश कहाँ छन् ? बितेका २४ घन्टामा के भयो ?

नेपालखोज २०७९ फागुन १२ गते १३:१७

२४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्‍यो । आज यो युद्धको एक वर्ष पूरा भएको छ । यस अवधिमा विश्वका तमाम देश दुई गुटमा विभाजित भएका छन् । एउटा समूह पश्चिमी देशको छ जसमा अमेरिका, बेलायतका साथै युरोपेली देशहरू छन् । यो समूह रुसको आक्रमणको विरुद्धमा उभिएको छ । यो हमलामा रुसको साथमा बेलारुस, सिरिया, उत्त्र कोरिया, माली जस्ता देश उभिएको अर्को समूह छ ।

एक वर्षदेखि चलिरहेको यो युद्धमा केही महत्वपूर्ण देशहरू छन् जसले रुसको आक्रमणको खुलेर आलोचना गर्दैनन् तर शान्ति र अन्तर्राष्ट्रिय कानून तथा सार्वभौमसत्ताको वकालत गर्छन् । त्यस्ता देशमा भारत , चीन र टर्की आदि छन् । यो युद्धको एक वर्ष पूरा हुने क्रममा हेरौं बितेका २४ घन्टामा युद्धसँग सम्बन्धित मुख्य कुराहरू के भए ?

२४ फेब्रुअरी २०२२ मा भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध विशेष सैन्य कारबाहीको घोषणा गरे। आज यो युद्ध को ३६५ दिन भएको छ । रुसी आक्रमण युक्रेनको पूर्वी तथा दक्षिणी भागबाट सुरु भयो र उसले लुहान्स्क तथा डोनेस्कका धेरै क्षेत्रहरू कब्जा गर्यो । रुसी सैनिकहरुले तिनलाई रूसको भाग घोषणा गरे ।

युद्धको एक वर्ष पूरा हुनुभन्दा एक दिनअघि फेब्रुअरी २३ मा संयुक्त राष्ट्र संघको महासभामा रुसविरुद्ध प्रस्ताव ल्याइयो जसमा रुसलाई जतिसक्दो चाँडो युक्रेनबाट बाहिर निस्कनुपर्ने माग गरिएको थियो । प्रस्तावको पक्षमा १ सय ४१ मत परेको थियो भने विपक्षमा ७ मत परेको थियो । भारत र चीनसहित ३२ देशले यो प्रस्तावमा मतदान गरेनन । रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले प्रस्वतको विपक्षमा मतदान गरेका थिए । भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, बोलिभिया, क्युवा, कंगो, दक्षिण अफ्रिका र इरानलगायत ३२ देस मतदान नगर्ने समुहमा थिए ।

आज शुक्रबार, फेब्रुअरी २४ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले भर्चुअल कन्फरेन्स मार्फत जी सेभेन देशका नेताहरूलाई भेट्दै छन । उक्त कार्यक्रममा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि उपस्थित हुनेछन् । त्यहाँ ह्वाइट हाउसले रुसमाथि थप प्रतिबन्ध लगाउने अपेक्षा गरिएको छ ।

अमेरिका, फ्रान्स, जर्मनी, बेलायत, क्यानाडा जस्ता धेरै देश युक्रेनलाई सहयोग गर्न स्पष्ट रूपमा अगाडि आएका छन् भने बेलारुसले रुसलाई समर्थन गर्ने कुरा गरेको थियो । रुसको मुद्दामा भारत तटस्थ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो युद्धको युग नभई दुवैले वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

चीनले पनि वार्ताबाटै समस्याको समाधान खोज्न आग्रह गर्दै आएको छ । हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ विदेश मन्त्रालयका नेता वाङ यीसँग भेटवार्ता गरेका छन । नेता वाङले मस्कोमा शान्ति वार्तामा जोड दिँदै युक्रेनलाई हतियार दिने देशले शान्ति स्थापनाको बाटो थप कठिन बनाएको बताए । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले चीनले रुसलाई हतियार आपूर्ति गर्ने बिषयमा विचार गरिरहेको जनाएको छ ।

उक्त बैठकपछि प्रश्न उठिरहेको छ कि चीन यो युद्धमा साँच्चै तटस्थ छ कि रुसको पक्षमा उभिएको छ ?
यो युद्ध थप चर्किने सम्भावना छ र अब यसमा रुस र चीन एकातिर हुनेछन् भने अर्कोतर्फ युक्रेन र अमेरिकाको नेतृत्वमा रहेको सैन्य गठबन्धन नेटोका सहयोगी राष्ट्रहरू छन् । रुसले युक्रेन नेटोमा सामेल हुने कुराको विरोध गरेको छ । यदि त्यसो भयो भने नेटोको नेतृत्वमा रहेका देशहरूको सैन्य अड्डाहरू आफ्नो सिमाना नजिक पुग्ने उसको भनाइ छ।

यता शरणार्थी सम्बन्धि संयुक्त राष्ट्र संघिय एजेन्सीका अनुसार युद्धका कारण हालसम्म १ करोड ८६ लाख मानिसले युक्रेन छोडिसकेका छन् भने युक्रेन सरकारले १८ देखि ६० वर्ष उमेर समूहका मानिसहरूलाई देशमै बसेर लड्न आग्रह गरेको छ।

प्रतिक्रिया