शनिबार, जेठ ५, २०८१

नेटफ्लिक्स ले घटायो ३० वटा देशमा शुल्क

नेपालखोज २०७९ फागुन १२ गते १५:१७

काठमाडाैं । भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्स ले ३० भन्दा बढी देशमा आफ्नो सदस्यता शुल्क घटाएको छ । मूल्य घटाईएका देशमा मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स, क्रोएसिया, भेनेजुएला, केन्या र इरान आदि छन् । बढ्दो मुद्रास्फीति तथा बजार प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेटफ्लिक्सले यो निर्णय गरेको हो ।

कम्पनीका प्रवक्ताका अनुसार “मनोरञ्जनका लागि आजको जस्तो यति धेरै विकल्प यस अघि कहिल्यै उपलब्ध थिएन। “उनले भने, “हामी हाम्रा सदस्यहरूको अनुभव सुधार गर्ने उपाय तथा अवसरको खोजी जारी राख्नेछौं । त्यस क्रममा हामीले केही देशमा मूल्य घटाएका छौं। “नेटफ्लिक्स संसारका १ सय ९० वटा देशमा हेर्न सकिन्छ भने अमाजोन, एचबिओ, डिज्नी, सोनि जस्ता स्ट्रिमिङ प्लेटफर्महरू बजारमा यसका ठूला प्रतिद्वन्द्वी हुन्।

प्रतिक्रिया