सन्दीपको रिटमा सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं । क्रिकेट प्रतियोगितामा सहभागी हुन यूएई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने बिहीबार सर्वोच्च अदालतमा दायर गराएको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा जारी छ ।
गएको पुष २७ मा उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्धसहितको आदेश जारी गरेकामा उक्त प्रतिबन्ध फुकुवाको मागदाबीसहित उनले बिहीबार रिट निवेदन दायर गराएका थिए । रिटमा आजै आदेश हुन सक्ने ठानिएको छ।
नाबालिका बलात्कारका अभियुक्त उनलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाएकामा पछि उच्च अदालतमा परेको उनको रिटमा पाटनले काठमाडौं छाडन नपाउने गरी २० लाख रुपैया धरौटीमा रिहा गरेको थियो ।
धरौटी बुझाएर फर्किएका पुष २८ मा रिहा भएका सन्दीपलाई क्यानले राष्ट्रिय टिममा फर्काए पनि विदेश लैजान भने सक्ने अवस्था छैन । यही अवस्था चिर्न सन्दीपले सर्वोच्च अदालतको बाटो रोजेका हुन् । सन्दीपबिनै नेपाली टोली शनिबार यूएई प्रस्थान गर्ने तयारीमा छ ।

प्रतिक्रिया