निर्माणमा लापरवाही गर्ने ठेकेदार कम्पनीको नाम संसदमा लिइन्छ, तर कारबाही हुँदैन : प्रदीप पौडेल

नेपालखोज २०७९ फागुन १२ गते १८:१५

काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले राष्ट्रिय गौरवका आयोजना नै कमजोर र भद्रगोल अवस्थामा रहेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा पेस भएको ‘अनुगमन तथा मूल्यांकन विधयेक २०७८’माथिको छलफलमा सांसद पैडेलले प्रधानमन्त्रीले अनुगमन गर्ने व्यवस्था अन्तर्गत चलाइने आयोजनाको अवस्था भद्रगोल र गुणस्तरहीन हुनुले अन्य विकास आयोजनाको अवस्थालाई दर्शाउने बताए ।

गौरवका आयोजनाहरुमा ठेकेदारले दमासी गर्यो भनेर संसदमै ठेकेदारको नाम लिँदा समेत सरकार मौन बसेको छ’ उनले भने, ‘यस्तो अवस्था आउन नदिन विधेयकमै व्यवस्था हुनुपर्छ ।’

आयोजना ठेक्का लिएर समयमै काम नगर्ने र समय लगाएर बजेट थप गराउने काममा लाग्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख गर्न सुझाव दिए । सिक्टा, मेलम्ची आयोजनामा भइरहेको लपरवाहीबाट सिकेर त्यस्ता प्रवृत्तिलाई रोक्न विधेयकमा प्रावधान हुनुपर्ने बताए ।

अर्का सांसद सञ्जय गौतमले विकास आयोजना बनाउने जिम्मा लिएर पूरा नगर्ने ठेकदारलाई कारबाहीको स्पष्ट व्यवस्था हुनुपर्ने बताए ।

काममा देखिने भ्रष्टाचार देखिने तर नीति बनाएर भ्रष्टारचार गरेर देशलाई कंगाल बनाउर्ने दिमागलाई समेत कारबाहीको दायरामा ल्याउने गरी विधयेकमा बुँदा थप गर्न सुझाव दिए ।

प्रतिक्रिया