तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा भीषण आगलागी, २ जना बालकको मृत्यु

नेपालखोज २०७९ फागुन १२ गते १९:०३
प्रतीकात्मक तस्बिर

काठमाडाैं । तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा भीषण आगलागी भएको छ । आठराई वडा नम्बर ६ मा अपराह्न सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । हालसम्म कम्तीमा १० वटा घर जलेर नष्ट भएको जनाइएकाे छ ।

आगलागीमा परेर पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपामा २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खाती छन् ।

प्रतिक्रिया