आइतबार, असार ८, २०८२

राष्ट्रपति कांग्रेसलाई दिने आठ दलबीच सहमति

नेपालखोज २०७९ फागुन १२ गते १९:३१

काठमाडौं । बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले राष्ट्रपति उम्मेद्वार चयन गर्नका लागि शुक्रबार बिहान साढे ८ बजे कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया