राष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेद्वारी दर्ता
नेपालखोज
२०७९ फागुन १३ गते ६:२१

काठमाडौं । राष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका रहेको छ । यसअघि हिजो अन्तिम नामावली प्रकाशन गरिएको थियो । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् ।
सम्बन्धित
प्रतिक्रिया