एल साल्भाडोरको ‘मेगा-जेल’ मा ट्याटू खोपाएका हजारौं कैदी

काठमाडाैं । अहिले २,००० संदिग्ध अपराधीको पहिलो समूह लाई एल साल्भाडोरको नयाँ जेल ‘मेगा-जेल ‘ मा पठाइएको छ । यसलाई राष्ट्रपति नायब बुकेलेको अपराध विरुद्ध स्वघोषित युद्धका रुपमा हेरिएको छ । मुलुकमा बढ्दो हत्या तथा हिंसाका घटनालाई मध्यनजर गर्दै राष्ट्रपतिले आपतकालीन अवस्थाको घोषणा गरेसँगै अपराधीहरुको खोजी तिब्र पारिएको छ । यसअन्तर्गत हजारौं संदिग्ध गैंगस्टर्सलाई पक्राउ गरिएको छ ।

उक्त कारागारमा ४० हजारभन्दा बढी कैदी रहनेछन् । संदिग्ध अपराधी पक्राउ परेपछि अहिले जेलका केहि तस्विर सार्वजनिक भएका छन् जसमा ट्याटु बनाएका कैदिहरु खाली खुट्टा जेल भित्र रहेको देखिन्छ । राष्ट्रपति बुकेले ट्वीट गरेका छन् – पहिलो खेपमा पक्राउ परेका दुई हजार जना लाई अमेरिकी महाद्वीपको सबैभन्दा ठूलो जेल सेन्टर फर द कनन्फाइनमेन्ट अफ टेररिज्ममा पठाइएको छ ।

उनले लेखेका छन्, ” यो उनीहरुको नयाँ घर हुनेछ जहाँ उनीहरु दशकौंसम्म बस्नेछन् र जनतालाई कुनै हानि पुर्याउन सक्ने छैनन् ।” सरकारको अपराधविरुद्धको यो अभियानमा ६४ हजारभन्दा बढी शंकास्पद पक्राउ परेका छन् । यस क्रममा निर्दोष व्यक्तिहरुलाई पनि पक्राउ गरिएको मानवअधिकार संगठनहरुको भनाइ छ ।


प्रतिक्रिया