आइतबार, वैशाख १६, २०८१

घ्यूमा भुटेको लसुन ?

नेपालखोज २०७९ फागुन १५ गते ७:१८

लसुन र घिउ दुवै औषधीय गुणहरूले भरिपूर्ण छन्, जसले स्वास्थ्य सम्बन्धी अनेकौं समस्या हटाउन मद्दत गर्दछ ।

एलर्जी आदिको समस्यामा राहत : लसुन र घिउ दुवैमा एन्टी अक्सिडेन्ट र एन्टी ब्याक्टेरियल गुण पाइन्छ, जसका कारण घ्यूमा भुटेको लसुन खाँदा शरीरमा कुनै प्रकारको एलर्जी आउन पाउँदैन ।

घाँटी स्वस्थ राख्छ : कतिपयको घाँटी बेलाबेलामा दुखिरहेको हुन्छ , यस्तो अवस्थामा घिउमा भुटेको लसुन खाँदा धेरै फाइदा हुन्छ । यो मिश्रणमा एन्टी-ब्याक्टेरियल प्रभाव हुन्छ, जसले घाँटीलाई कुनै पनि प्रकारको संक्रमणबाट जोगाउन मद्दत गर्छ ।

पाचनका लागि फाइदाजनक : घिउ र लसुनको मिश्रण पाचन सम्बन्धी समस्यामा निकै फाइदाजनक हुन्छ । घिउमा भुटेको लसुन यस्ता पोषक तत्वहरूले भरिपूर्ण हुन्छ, जसले पाचनलाई बलियो बनाउँछ र कब्जियत तथा पेट दुखाइबाट राहत दिन्छ ।

उच्च रक्तचापको समस्यामा : घ्यूमा भुटेको लसुनमा पोटासियम तथा म्याग्नेसियम राम्रो मात्रामा पाइन्छ, जसले उच्च रक्तचापको समस्याबाट छुटकारा दिन्छ ।

इम्युनिटि बढाउँछ : घिउमा भुटेको लसुनले शरीरलाई भित्रैबाट बलियो बनाउँछ र रोग प्रतिरोधक क्षमता बृद्धि हुन्छ । राम्रो प्रतिरक्षाले धेरै भाइरल रोगहरूबाट जोगाउन मद्दत गर्छ ।

सावधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री समान्य जानकारि तथा परम्परागत मान्यतामा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक हुनसक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया