सर्वोच्चले दियो सन्दीप लामिछानेलाई विदेश जाने अनुमति

नेपालखोज २०७९ फागुन १५ गते १७:५०

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने बाटो खुला गरिदिएको छ ।

यसअघि उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई बदर गरेर विदेश जान गरेको बन्देज आदेशलाई सर्वोच्चले सोमबार सदर गर्दै विदेश जाने बाटो खुला गरिदिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीलाई विदेश जान रोक लगाउनुपर्ने मनासिव आधार र प्रमाण नदेखिएको भन्दै बाटो खोलिदिएको हो ।

प्रतिक्रिया