बुधबार, जेठ १, २०८२

सशस्त्रद्वारा चोरीपैठारीको सामान बरामद

नेपालखोज २०७९ फागुन १५ गते १८:४५

काठमाडौं । रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट सोमबार सशस्त्र प्रहरीले करीब पाँच लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा किराना सामान भन्सार कार्यालय गौरमा बुझाएको सशत्रले जानकारी दिएको छ ।

प्रतिक्रिया