नेपालखोजकर्मी श्रेष्ठ सम्मानित
नेपालखोज
२०७९ फागुन १५ गते १९:२३

काठमाण्डौं । नेपालखोजका सम्पादक एवम् विश्व किर्तिमानी पत्रकार शिखर जंग श्रेष्ठ (गजरकोट)सम्मानित भएका छन् । सोमबार काठमाण्डौंमा आयोजित नाट्यश्वर म्यूजिक अवार्ड वितरण समारोहमा पत्रकार श्रेष्ठ सम्मानित भएका हुन् ।
प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा श्रेष्ठले ‘मोफसल पत्रकारिता सम्मान’पाएका हुन् । उनलाई चलचित्र अभिनेत्री बसुन्धरा भूषालले सम्मान पत्र प्रदान गरेकी हुन् ।
श्रेष्ठ ‘द हाइयष्ट अल्टिच्यूड म्यूजिक भिडियो अन द ल्याण्ड’विधामा गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर हुन् भने उनले ८ बर्ष सोलुखुम्बुमा रहेर रेडियो पत्रकारिता गरेका थिए । हाल नेपालखोजडटकमका सम्पादक श्रेष्ठ गीतकार समेत हुन् ।
सम्बन्धित

प्रतिक्रिया