खुल्यो भाटभटेनी पार्क

नेपालखोज २०७९ फागुन १६ गते १३:०७

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ५ स्थित भाटभटेनी मन्दिर नजिकको बन्द अवस्थामा रहेको पार्क खुल्ला गरिएको छ ।

‘लामो समयदेखि बन्द रहेको पार्क हामीले सर्वसाधारणलाई प्रवेश खुल्ला गरेका हौं । यस क्रममा सरसफाइको काम भइरहेको छ,’ वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती भन्छन– ‘वडाभित्र भाटभटेनी र रुद्रमती गरी दुई वटा पार्क निर्माण सम्पन्न भएका पार्क हुन् । हामी थप २ वटा पार्क निर्माण गर्ने योजनामा छौँ ।’

काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ७२ वटा पार्क छन् । यी पार्कहरु महानगरको लगानीमा केन्द्र र वडाको अगुवाईमा निर्माण भएका हुन् । केही पार्क निर्माणका लागि उपभोक्ताहरुलाई सहभागी गराइएको छ । सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाका अनुसार जम्मा पार्कमध्ये १८ वटा निर्माणाधीन छन् भने बाँकी निर्माण भइसकेका छन् । निर्माण सम्पन्न भएका पार्कहरु केही वडालाई हस्तान्तरण गरिसकिएको छ भने केही हस्तान्तरण चरणमा छन् ।

काठमाडौं महानगरपालिकाले पार्क निर्माण तथा हरियाली प्रवर्धनका लागि हरियाली प्रवर्धन तथा उद्यान विकास परियोजना’ सञ्चालनमा ल्याउन लागेको छ । गएको पुसमा सम्पन्ननगर सभाले यो संरचना स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागेको हो । परियोजनाका प्रमुख नमराजथापा भन्छन्– ‘सहरलाई जीवन्त बनाउन दिगो हरियाली आवश्यक छ । यसका लागि रैथाने जातका विरुवा जोगाउँदै सबै महिना हरियो हुने, विभिन्न रङ्गका फूल फुल्ने विरुवा रोप्ने योजना छ ।

उद्यानहरुको दिगो व्यवस्थापन गरेर सबै उमेर समूहका व्यक्तिलाई रुची हुने तथा शारीरिक प्रतिकुल अवस्था भए पनि प्रवेश गर्न सक्ने खालका उद्यान बनाउँदै छौं । यी उद्यानहरु आराम गर्ने तथा मनोरञ्जनका लागि योग्य हुनेछन् ।’

प्रतिक्रिया