मंगलबार, वैशाख १६, २०८२

४ अंकले नेप्से घट्दा एक अर्ब ३८ करोडको सेयर किनबेच

नेपालखोज २०७९ फागुन १६ गते १५:२४

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन तीन दशमलव ८१ अंकले घटेर दुई हजार १९ दशमलव ७३ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य आठ प्रतिशतले घटेर तीन सय ८१ दशमलव ९३ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ६२ वटा कम्पनीहरुको २८ हजार छ सय ८४ पटकको कारोबारमा ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहहरुको कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी रहेका समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव १८ अंकले घटेर १३ सय १७ दशमलव ५० अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि १६ अंकले घटेर तीन हजार छ सय ३९ दशमलव ३८ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि २२ दशमलव २८ अंकले घटेर १० हजार एक सय ५९ दशमलव २३ अंकमा झरेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि ४४ दशमलव ३८ अंकले घटेर आठ हजार आठ सय ६८ दशमलव ८० अंकमा झरेको छ । यि बाहेक फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समूहहरुको सुचक पनि घटेका छन् । जलबिद्युत समुहको सुचक भने २२ दशमलव ७३ अंकले बढेर २५ सय ९० दशमलव ६५ अंकमा चढेको छ । लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर एक हजार ४५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेर छ सय २४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता दुई सय ६३ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया