शुक्रबार, असार १३, २०८२

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन : आजबाट आचारसंहिता लागू

नेपालखोज २०७९ फागुन १७ गते ६:३६

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लाग्ने भएको छ । आउँदो फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनका लागि आजबाट लागु आचारसंहिता लागू हुन लागेकाे हाे ।

आजबाट लागू भएको आचारसंहिता चैत ५ गतेसम्म लागु हुने निर्वाचन आयोगले जनाएकाे छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।’

प्रतिक्रिया