शनिबार, असार ७, २०८२

पार्टीका शीर्ष नेता र सांसदलाई धुम्बाराहीमा देउवाको निम्तो

नेपालखोज २०७९ फागुन १७ गते १०:२०

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन र सरकारमा सहभागिताबारे छलफल सुरु गरेको छ । अहिले पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा छलफल सुरु भएको छ । सभापति देउवाले छलफलका लागि संसदीय दल, केन्द्रीय कार्यसमिति र पार्टीका पदाधिकारी लगायत शीर्ष नेताहरुलाई बोलाएका छन् ।

छलफलमा सहभागि एक नेताले दिएको जानकारी अनुसार अहिले सरकारमा सहभागिता, सरकारले लिने विश्वासको मत र राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेर छलफल सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु अगाडी नै मन्त्रिपरिषद विस्तार गर्ने सोच बनाएर सभापति देउवासँग प्रस्ताव गरेपछि यसबारे छलफल गर्न सबै तहका नेताहरुलाई धुम्बाराहीमा बोलाइएको हो ।

प्रतिक्रिया