आइतबार, पुष ६, २०८२

आशा लघुवित्तद्धारा बार्षिक साधारण सभाको आव्हान

नेपालखोज २०७९ फागुन १७ गते ११:१४

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारण सभाको आव्हान गरेको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समितीको एक सय १६ औं बैठकले यही चैत्र ११ गते संस्थाको कार्यालय ककनीमा आफ्नो छैटौं बार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

बार्षिक साधारण सभा मार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैंयाँ मध्येबाट १४ दशमलव २८ प्रतिशतको दरले हुन आउने चार करोड ७७ लाख दुई हजार रुपैंयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ७१ प्रतिशतको दरले हुन आउने २३ लाख ८५ हजार एक सय रुपैंयाँ बराबरको नगद लाभाँश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया