५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालखोज २०७९ फागुन १७ गते १२:०१

काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

तोलामा ५०० रुपैयाँले बढेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया