शनिबार, जेठ ४, २०८२

लामिछानेलाई यूएई पठाउने क्यानको तयारी

नेपालखोज २०७९ फागुन १७ गते १२:२९

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ । क्यानले लामिछानेलाई आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि पठाउने तयारी गरेको हो ।

सर्वोच्च अदालतले गत सोमबार उच्च अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले उनलाई यूएई पठाउन लागेको हो ।

यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए ।

प्रतिक्रिया