बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खतिवडा पक्राउ

नेपालखोज २०७९ फागुन १७ गते १७:२५

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)का अनुसार नुवाकोटको साविक थान्सिङ गा.वि.स वडा नं ७ हाल लिखु गाउँपालिका वडा नं ५ स्थायी घर भई काठमाडौं महानगरपालिका वडा नं १६ बालाजु बस्ने २८ बर्षिय रुवि खतिवडालाई बुधबार काठमाडौंको बसुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो ।

खतिवडाले २०७७ मंसिर १४ गते प्रभु बैंकको बबहरमहल शाखामा रहेको खाताबाअट रकम भुक्तान हुने भनि उक्त बैंक खातामा पर्याप्त रकम नभएको जानी जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको थियो ।

सो उच्च अदालत पाटनले खतिवडाको हकमा बैंकिङ कसुर भएको ठहर गर्दे बैंकिङ कसुर तथा सँजाय ऐन २०६४ बमोजिम सात दिन कैद र ५० लाख रुपैंयाँ जरिवाना हुने ठहर गरेको थियो । सो पश्चात फरार रहेकी खतिवडलाई सिआईबीले बुधबार काठमाडौंको बसुन्धारा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी खतिवडालाई सोही दिन ललितपुर जिल्ला अदालतमा पेस गरेकोम अदालतको आदेश अनुसार सोही दिन फैसला कार्यान्वयनको लागि कारागार कार्यालय सुन्धारामा पठाईएको जानकारी पनि सीआईबीले दिएको छ ।

प्रतिक्रिया